+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जि आई भोजपुरियाको प्रस्तुतीमा दुर्गा मैयाँ कि जय बोलको गित सार्वजनिक

न्यूज कुरा
२०८२ आश्विन ४, शनिबार

नवलपरासी: नवरात्री नजिकदै गर्दा जि आई भोजपुरिया पश्चिम नवलपरासीले नेपालीहरुको महान पर्व बडा देवि गित सार्वजनिक गरेको छ । नव दुर्गा पुजा समिती सरावल ०२ पटखौलिको सहकार्य तथा जि आई भोजपुरियाको निर्माणमा दुर्गा मैयाँ कि जय बोलको भक्ती गित सार्वजनिक गरिएको हो ।

गितले हिन्दु धर्ममा आस्था राख्ने धर्मावम्बिहरुको आदिशक्ती दुर्गा भवानी प्रतिको प्रेम र भक्तिलाई चित्रण गरिएको छ । नवलपरासीम चर्चामा रहेका गायक ईस्वर चौधरी र गायिका नेहा राजको स्वर रहेको रहेको गितको गितकार अनिल कुसुम रहेका छन ।

गितमा मुख्य कलाकार मानसिङ्ग चौधरी र सबिना मगरको अभिनय तथा दुर्गा भवानिको रुपमा कमला चौधरीको अभिनयले सबैलाई आकर्षित गरेको छ । सङ्गीत भने सरबिन्दले दिएका छन् ।

कोरस सहित रहेको उक्त भिडियो गितको छायांकन राकेश राजले गरेको निर्देशक सागर परियारले जानकारी दिनुभएको छ । यसअघि पनि जि आई भोजपुरियाले थारु, भोजपुरी गरि विविध भासामा दर्जन बढी चर्चित गित सार्वजनिक गरिसकेको छ । अहिले केही गितहरु रेकर्डिङ भएको बताउदै यस एल्बमका निर्माता गोबिन्द चौधरीले अब आउने गितहरुपनि अझै उत्कृष्ट रहेको बताउनुभयो ।

गीतको छायांकन पर्यटकिय क्षेत्रलाई प्रबद्र्धन गर्ने गरि हुने जानकारी दिनुभएको छ । सरावल ०२ पट्खौलि थारु गाउमा जन्मी सानै देखि गित सङ्गित प्रती रुचि राख्दै आएका निर्माता गोबिन्द चौधरिले आफू पहिलो पटक थारु गित गाएपनी सबै जातजातिको भासा र गितलाई समानरुपले माया गर्दै आएको बताउनुभयो ।

वर्तमान अवस्थामा नेपाली, थारु र भोजपुरी भासाको गित सङ्गितले राम्रै बजार पाएको हुदा यी सबै भासाका गित सङ्गितलाई आफुले सधै अग्र स्थानमा राखी गाउने उहाँले बताउनुभयो । ग्रामिण क्षेत्रमा कलाकार धेरै भएतापनी राम्रो अवसर नपाएर टिकटक मै सिमीत हुने अवस्थालाई अन्त्य गर्दै जि आई भोजपुरियाले गित सङ्गीत र कलाको क्षेत्रमा रुचि राख्ने ती सबै कलाकारहरुलाई समेटेर अघि बढने समेत उहाँले जानकारी दिनुभएको छ ।

दुर्गा मैयाँ कि जय बोलको गित लाई जि आई युटुव च्यानल बाट हेर्न सकिने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ