काठमाण्डौ : मुग्लिन नारायणगढ सडकखण्ड एकतर्फि रुपमा संचालनमा आएको छ । सडकखण्ड अन्तरगत तुइनखोलामा खसेको पहिरो हटाएर एकतर्फी संचालनमा ल्याईएको हो ।
यातायात संचालनमा आए पनि माथिबाट फाटफुट रुपमा ढुंगा खस्ने क्रम भने रोकिएको छैन । शुक्रबारm देखी सडक पूर्ण रुपमा अवरुद्ध हुँदा रोकीएका सवारीसाधनलाई पालैपालो गन्तब्य तर्फ पठाउनका लागि समय लाग्नेछ ।
हिजो राती देखी रोकिएको सडक सफाई गर्ने काम बिहानै ४ बजे देखी सुरु भएको थियो ।
प्रतिक्रिया