काठमाण्डौ : नेपालीहरुको महान पर्व बडादशैँ आजबाट सुरु भएको छ । आज पहिलोदिन घटस्थापना मनाईदै छ ।
घर घरमा बैदिक विधि पूर्वक पूजा अर्चना गरी घटस्थापना गर्ने गरिन्छ । दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गर्ने प्रचलन रहेको छ ।
पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राखिन्छ । जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसाद सहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।
प्रतिक्रिया