+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उखु किसानलाई सधैँको पिडा

आफूले बिक्री गरेको उखुको भुक्तानी लामो समयसम्म नपाएर समस्या झेल्दै आएका उखु किसानहरूलाई पछिल्लो पटक सरकारले गरेको अनुदान कटौतीले झन् अफ्ठेरोमा पार्ने देखिएको छ ।

विष्णु खनाल
२०८२ आश्विन ७, मंगलवार

नवलपरासी: दुखीत हुँदै घरको पिढिमा टुकुस्स बसेका चतुरी पाशिको अनुहारमा थकाई र निराशा दुवै स्पष्ट देखिन्थ्यो । प्रतापपुर गाउँपालिका बडा नं. ५ बड्की बैदौलिका ८० वर्षै चतुरी बुढेसकालको सहारा छोराको उपचार गर्न नसकेकोमा विक्षिप्त भएका छन् । चिनी मिलले उखुको  भुक्तानी नदिएपछि ५० वर्षीय छोराराजेशको उपचार अभावमा मृत्यु भएको थियो ।

उनकोआफ्नो नाममा जग्गा छैन अधिया र ठेक्का गरेर १५ कट्ठा जग्गामा उखु खेति गर्दै आएकाथिए । गत वर्षको जेठ महिनामा छोरा राजेशलाई झट्का आउने र वेहोस हुने समस्यादेखियो, स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि बुटवल त पुर्‍याए तर भर्ना गर्नै र औषधि किन्ने पैसा नभएपछि विना उपचार छोरालाई घरफर्काउन उनी बाध्य भएका थिए ।

इन्दिरा सुगर मिलबाट १ लाख ३० हजार रुपैयाँ भूक्तानी पाउनु पर्नै थियो । पटक पटक मिलको ढोका ढकढकाउदा पनि उनको समस्या बुझिदिने र समाधान गरिदिने कोही भएनन् । अन्ततः उनले छोरो गुमाउनु पर्यो । छोराको काजक्रिया गर्नै खर्च समेत उनीसङ नभएपछि आफन्त र छिमेकीले सहयोग रकम जुटाएरअन्त्येष्टि गरियो ।

चिनीमिलले समयमै भुक्तानी नदिएको समस्या नयाँ होइन तर अब समस्या झन् बढ्दै गएको छ । सरकारले किसानहरूलाई दिँदै आएको अनुदान रकमसमेत घटाउने निर्णय गरेको छ ।

प्रतापपुर ६ गुठि प्रसौनीका किसान उत्रिचन हरिजन  अहिले १ बिगाहा जग्गामा उखु खेति गरिरहेका छन् । उनले १२ सय देखि १३ सय क्विन्टल वार्षिक उखु उत्पादन गर्दै आइरहेका छन् । उखुको भुक्तानी समयमा नपाउने समस्या सँगै परिवारको बढ्दो खर्चको भार थेग्न नसकेपछि छोरालाई वैदेशिक रोजगारीमा पठाउने निर्णय गरे । उनले इन्दिरा  सुगरमिल प्रतापपुर बाट १० लाख रुपैयाँ लिन बाकी थियो । पटक पटक रकम निकासाको लागी मिलमा धाए तर रकम पाएनन् । उत्रिचन भन्छन् “छोराको भिसा झरिसकेको थियो , म्यान पावर वाट दिनदिनै फोन आउन थालेपछि साहुकोबाट महंगो ब्याजमा पैसा लिएर छोरालाई विदेश पठाए, छोरा विदेश गएको पनि ३ वर्ष भइसक्यो मिलबाट अझै भुक्तानी पाएको छैन” ।

सुस्ता २ कुडियाका राकेश बानिया २ बिगाहा क्षेत्रफलका उखु खेति गरिरहेका छन् । । उनी भन्छन् “विदेश नगई नेपालमै बाउ बाजेले गर्दै आएको पेसालाई नै अँगाल्ने निधो गरे , भाइ १ वर्ष अगाडि साउदी पुग्यो कमाईपनि राम्रै छ ।”

“ मिलबाट सहज भुक्तानीका लागि पनि पहुँचवाला हुनुपर्ने रहेछ, यहिवेला सरकारले उखुमा दिँदै आएकोअनुदान कटौती गर्ने निर्णय सुनाएको छ।”  वानिया भन्छन्  “ मल खादको  र पानीको समस्या पनि उस्तै छ यही पेसा गरौँ कि भाइ जस्तै रोजगारीका लागिविदेश तिरै जाऊ दोधारमा छु ”  ।

नवलपरासीमा उखु

नवलपरासी उखु कृषक सङ्घको तथ्याङ्क अनुसार जिल्लामा ७ हजार ५ सय हेक्टर क्षेत्रफलमा उखु खेतिगरिँदै आएको छ । सुस्ता र प्रतापपुर गाउँपालिका उखु पकेट क्षेत्रको रूपमा रहेको छ भने, सरावल र सुनवल नगरपालिकाको केही भागमा उखु खेती गरिन्छ । विगत ३ वर्ष देखिको तथ्याङ्क हेर्दा उखु किसानको सङ्ख्या र उत्पादन गरिने क्षेत्रफल बढ्दो क्रममा रहेको छ ।

सरकार र उखु किसान बिच चिनी बिक्रीको भ्याट बापतको ७० प्रतिशत रकम किसानलाई अनुदान स्वरूप दिने सम्झौता भएको थियो ।  तर सरकारलेअहिले आएर कृषकलाई दिनुपर्न अनुदान रकम प्रति क्विन्टल ७० रुपैयाँबाट ३५ रुपैयाँमा झारेको छ ।

“किसानले पाएको अनुदान रकम कसैको उदारता र दान बाट पाएको होइन स्वयम चीनीको भ्याट रकमवाट दिईको थियो । सङ्घर्ष बाट प्राप्त भएको अनुदान फेरी सङ्घर्षबाट नै पुरानै मूल्यबनाउनका लागि सङ्घर्षका कार्यक्रम क्रमशः गर्दै जाने योजना  छ । प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश यादवभन्छन् “सही समयमा उखुको मूल्य तोकिनु पर्नै, मिलबाटसही समयमै भुक्तानीको वातावरण सिर्जना गरिनु पर्नै र सही समयमा उखुको उन्नत जातको बिउ कृषकलाई उपलब्ध गराउनु सरकारको दायित्व हो ।”

यादव उखु किसानको आन्दोलन बाट उदाएका नेता हुन् ।

नेपालमा चिनी उत्पादन

२०७१।७२ मा नेपालमा चिनीको उत्पादन २ लाख ५ हजार मेट्रिक टन रहेको थियो । जुन उत्पादनले देशभरिको समग्र माग धानेको थियो । । २०७८। ७९ मा २ लाख ७० हजार मेट्रिक टन मागरहेकोमा १ लाख २० हजार मेट्रिक टन मात्रै उखु उत्पादन भयो जुन मागको ४५ प्रतिशतमात्रै उत्पादन भएको थियो । २०८०।८१ मा २ लाख ७५ हजार मेट्रिक टन माग रहेकोमा १ लाख५० हजार मेट्रिक टन मात्रै चिनी उत्पादन भयो ।

उखुको उत्पादकत्व घट्नुको मुख्य कारण समयमै भुक्तानी नपाउनु रहेको बताइन्छ । जसका कारण किसानहरू वैकल्पिक खेती तर्फ लागेका छन् भने उखु नपाउँदा देशमा सञ्चालित चिनीमिलहरू पनि बन्द हुँदै गएका छन् ।

२०७२ सालसम्म ३१ बटा चिनी मिल सञ्चालित थिए तरअहिले भने  १० देखि १३ बटा मात्र चिनी मिल सञ्चालनमारहेका छन् ।

यसबाहेक खुला सिमाना र भन्सार सहजता लगायतका कारणले उखुको उत्पादकत्वमा ह्रास आएको बताइन्छ । पछिल्ला वर्षहरूमा नेपालमा चिनीकोआयात बढ्दै गएको छ  ।

नवलपरासीमा अहिले पनि २० करोड रुपैयाँ बढी उखु किसानले पाउनु पर्नै बक्यौता रकम रहेको छ । उखुकिसानहरूका अनुसार इन्दिरा सुगर मिल प्रतापपुर बाट ७ करोड, लुम्बिनी चिनी मिल सुनवलबाट ८ करोड, बागमती चिनी मिल सुस्ता बाट ५  करोड ५० लाख रुपैयाँ भुक्तानी पाउन बाकी रहेको छ।

जिल्लामा उखुको पकेट क्षेत्र रहेको सुस्ता र प्रतापपुर गाउँपालिकामा ९६ प्रतिशत उर्वर भूमिरहेकोमा ८३ प्रतिशत किसानले उखु खेति गरिरहेका छन् । किसानको उत्पादन लागत घटाउन कृषि र बिद्दुतिकरण लागी यस आर्थिक वर्ष बाट प्रतापपुर गाउँपालिकाले कृषि मिटरको विल भूक्तानी गर्नै भएको छ ।  मिलहरूबाट सहजरकम भुक्तानीको लागी समन्वय र दवाव दिने काम गर्नै गरेको अध्यक्ष यादवको भनाई छ।

अनुदानमा शंका 

उखु किसानका अगुवा धिरज त्रिपाठीले स्थानीय तहले किसानहरुको सही तथ्याङ्क राख्न नसक्दा अनुदान रकमको दुरुपयोग भएको दावी गर्छन् ।

“अरूको जग्गा अधियामा लिएर उखु खेती गर्नै किसान १ वर्ष २ वर्षसम्म उखु मिल सँग भुक्तानीकोलागी पर्खन सक्दैनन् ।” त्रिपाठी भन्छन् “ त्यसको फाइदा दलालहरूले उठाएका छन् ।”

कुनै समय उखुको उचित मूल्य नपाएर उखु खेतीवाट पलाएन हुन लागेका नवलपरासीका उखु किसान सरकारले समयमै मूल्य निर्धारण गर्न थालेपछि फेरी उखु खेतीमै फर्किएका थिए ।

कृषि  ज्ञान केन्द्र नवलपरासीका प्रमुख रविन्द्रनाथ चौवेका अनुसार २०७८।७९ मा ३ हजार २ सय५५ हेक्टर क्षेत्रफलमा उखु खेती गरिएकोमा १ लाख ५३ हजार ९ सय ४५ मेट्रिक टन उखु उत्पादन भएको थियो ।

त्यस्तै २०७९।८० मा ३ हजार २ सय ५० हेक्टर क्षेत्रफलमा गरिएको उखु खेतीवाट १ लाख ५३ हजार ७सय ४५ मेट्रिक टन उखु उत्पादन भएको थियो ।

२०८०।८१ मा ३ हजार ४ सय ५० हेक्टर क्षेत्रफलमा उखु खेती गरिएको थियो त्यस वर्ष  १ लाख ६३ हजार २ सय ५४ मेट्रिक टन उखु उत्पादन भएको थियो ।

कृषि ज्ञान केन्द्रले किसानको माग अनुसार पम्प सेट, मोटरर बोरिङ उपलब्ध गराउँदै आइरहेको छ । उखुमा गवारो लाग्ने, उखु रातो हुने,पात सुक्ने लगायतका समस्या आउनेगरेकोमा विज्ञ सहितको सेवा ज्ञान केन्द्रले उपलब्ध गराउँदै आएको केन्द्र प्रमुख चौवेले बताए ।

यता चिनी मिलको समस्या पनि उस्तै छ । सरकारले बजेट भाषण पछि चिनीमा १५ प्रतिशत भन्सारछुट गर्दा नेपाली गोदाममा रहेको चिनी गोदाममै थन्किने परिस्थिति आएको चिनी मिलका सञ्चालकहरू बताउँछन् ।“ किसानको भुक्तानी हामीले नियतवश रोकेका होइनौ ।” बागमतीचिनी मिल सुस्ताका लेखा प्रमुख हुमकान्त लम्साल भन्छन् “ सरकारी नीतिका कारणहाम्रो चिनी गोदाममै थन्किनाले पनि यो समस्या देखिएको हो ।”

प्रतिक्रिया

लेखकको बारेमा

विष्णु खनाल

ट्रेन्डिङ