सितमती हरिजन
सुस्ता: सुस्ता गाउँपालिका वडा नम्बर २ कुडियाका सुकई प्रसाद दुसाद र उनकी श्रीमती निर्मला दुसाद चाडपर्व आए संगै भ्याई नभ्याई काम गरिरहेका छन् ।
बडादशैमाँ नवरात्रीमा दुर्गाका मुर्ति र तिहारमा महालक्ष्मीका मुर्ती विक्रि हुने भएकोले दुसाद दम्पत्ति मुर्ति बनाउन ब्यस्त भएका हुन् । पछिल्ला बर्षहरुमा उनीहरुले आफ्नो आम्दानीको श्रोतनै मुर्ति बनाउने पेशालाई बनाएका छन् ।
पहिला घर बनाउने मिस्त्रीको माग गर्दै आएका सुकई विगत ८ बर्ष देखी भने मुर्ती बनाउने काम गर्दै आईरहनुभएको छ । खेतमा ज्यालादारी काम गर्ने श्रीमती निर्मला पनि सुकईलाई सघाउँदै आउनुभएको छ ।
सुकईले यहि पेशाबाट ५ जनाको परिवार पाल्दै आईरहनुभएको छ । तिन छोरा छोरीको पढाई खर्च पनि यसैबाट जुटाउँदै आउनुभएको छ । पढाईबाट फुर्सदको समयमा छोराछोरीले पनि सघाउने गरेको उहाँ बताउनुहुन्छ ।
प्रतिक्रिया