नवलपरासी : बर्दघाट ९ पञ्चनगरमा रहेको साना किसान कृषि सहकारी संस्था ली. पञ्चनगरले रजत जयन्तीको अवसर पारेर सप्ताहव्यापी कार्यक्रम गरी मनाउने भएको छ । २०५७ सालमा स्थापना भएको सहकारीले २५ औं वर्ष पुरा गरेको अवसरमा विविध कार्यक्रम गरि रजत जयन्ती मनाउने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
रजत जयन्ती मनाउनका लागि अध्यक्ष मथुरा प्रसाद थारूको संयोजकत्वमा ३२ सदस्यीय समिति बनेको छ । स्मारिका प्रकाशन उपसमिति संयोजक ऋषिराम सुवेदी, सम्मान तथा अभिनन्दन उपसमिति संयोजक नन्दलाल थारू, शुभकामना तथा विज्ञापन उपसमिति पूर्णमान श्रेष्ठ, रजत महोत्सव प्रचारप्रसार तथा समन्वय उपसमिति संयोजक झमन बहादुर आले मगर, स्वागत तथा जलपान उपसमिति गोविन्द प्रसाद पौडेल, मञ्च तथा फूलमाला व्यवस्थापन उपसमिति लक्ष्मीदेवी लामिछाने, आर्थिक व्यवस्थापन उपसमिति खेमनारायण थारू, सांस्कृतिक तथा मनोरञ्जन उपसमिति संयोजक बद्रीप्रसाद सुवेदी, स्तम्भ निर्माण उपसमिति संयोजक प्रविण फौजदार बनाइएको संस्थाका अध्यक्ष मथुरा प्रसाद थारूले जानकारी दिनु भयो ।
रजत जयन्तीको अवसरमा पश्चिम नवलपरासीमा रहेका १५ वटा साना किसान कृषि सहकारीहरू बीच पुस १७ गते हाजिरजवाफ प्रतियोगिता गर्ने संस्थाका व्यवस्थापक पुर्णचन्द्र घिमिरेले जानकारी दिनु भयो । साथै कार्यक्रममा संस्थाको विकासक्रम र वित्तीय अवस्थाको जानकारी दिँदै घिमिरेले सँस्था सामाजिक उत्तरदायीत्व मुलक धेरै काम गर्दै आइरहेको समेत उल्लेख गर्नु भयो । पुस १८ गते बिहान रक्तदान, पुस १९ गते अतिरिक्त कार्यक्रम अन्तरगत ५० वर्ष भन्दा माथिका उमेर समुहको दौड प्रतियोगिता, कुर्ची दौड, घैँटो फोर र पुस २१ गते रजत स्तम्भ उद्घाटन गर्दै रजत महोत्सव सम्पन्न गर्ने रजत जयन्ती प्रचारप्रसार उपसमिति संयोजक झमन बहादुर आले मगरले जानकारी दिनु भयो ।
कार्यक्रममा संस्था स्थापना देखी हालसम्म योगदान गर्ने सम्पूर्णतालाई सम्मान गरिने संस्थाका पूर्व अध्यक्ष एवम् सम्मान तथा अभिनन्दन उपसमिति संयोजक नन्दलाल थारूले उल्लेख गर्नु भयो ।
प्रतिक्रिया