+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पठाओले भन्यो- भाडा बढाएका छैनौं, अफलाइन राइड नगरौं !

न्यूज कुरा
२०८२ जेष्ठ २०, सोमबार

काठमाडौँ : राइड सेयरिङ सेवा दिइरहेको पठाओले आज सार्वजनिक यातायात अवरुद्ध भएको समयमा भाडा नबढाएको दाबि गरेको छ । पठाओ र इनड्राइभ जस्ता राइड सेयरिङ सेवा दिएका कम्पनिले भाडा बढाएको चर्चा सामाजिक सञ्जालमा भएपछि पठाओले आफुहरुले नियमित शुल्क मात्रै लिएको बाधा वृद्धि नगरेको स्पष्ट गरेको छ ।

पठाओले बरु यात्रुहरुलाई परेको असहज परिस्थितीमा सहजीकरण गर्न राइडरहरुलाई कम्पनीको तर्फबाट क्वेस्ट र इन्सेन्टिभ दिएर राइडरहरुलाई धेरै राइड गर्न प्रोत्साहन गरिरहेको जानकारी दिएको छ ।

साथै पठाओले अफलाइन यात्रा नगर्न यात्रुहरुलाई अनुरोध पनि गरेको छ । अफलाइन यात्रा गर्दा विभिन्न ब्यक्ति ठगी, डकैती, दुर्ब्यबहारमा परेको घटना यस अगाडि पनी आउने भन्दै अफलाइन यात्रा गर्दा सो को रेकर्ड सिस्टममा नहुने, बिमा नहुने र विभिन्न प्रकारका आपराधिक घटनाको जोखिम हुने भएकाले मोबाइल एपबाट मात्रै राइड लिन अनुरोध गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ