नवलपरासी: बर्दघाट १४ चौपत्तामा रहेको शहिद स्मृति सामुदायिक अस्पताल पछिल्लो समय फेरिदै गएको छ । अस्पतालले उपलब्ध गराउने सेवालाई प्रभावकारी बनाउने र थप सेवा सुरु गरे संगै अस्पतालमा सेवालिने विरामीको चाप पनि बढ्न थालेको छ ।
शनिवार देखी अस्पतालमा सर्जरी सेवा सुरु भएको छ । अस्ताल विकास केन्द्रले लुम्विनी प्रादेशिक अस्पताल संग सहकार्य गरेर विशेषज्ञ डाक्टरहरु मार्फत सर्जरी सेवा सुरु गरेको हो ।
लुम्विनी प्रादेशिक अस्पतालका जनरल सर्जन डा. प्रशान्त घिमिरेले शनिवार २ जना विरामीको सफल सर्जरी गरेका हुन् । उनले १ जनाको पायल्स र १ जनाको लाईपोमाको सर्जरी गरेका हुन् ।
अस्पतालमा विगत छ सात बर्ष अघिनै सर्जरी गर्न सक्नेगरी भौतिक पुर्वाधारको जडान गरिए पनि सेवा सुचारु हुन सकेको थिएन । अहिले लुम्विनी प्रादेशिक अस्पतालले सर्जन विशेषत्रज्ञहरु उपलब्ध गराए संगै सर्जरी सेवा सुरु गरिएको अस्पताल विकास केन्द्रका अध्यक्ष डिल बहादुर थापाले बताए ।
सामान्य सर्जरीका लागि पनि बुटवल पुग्नुपर्ने अवस्था रहेकोमा स्थानिय स्तरमा शहिद स्मृति सामुदायिक अस्पतालले सर्जरी सेवा सुरु गरे संगै बर्दघाट नगरपालिका संगै छिमेकी पालिका प्रतापपुर र सुस्ता गाउँपालिका नागरिकलाई सेवा लिन सहज हुने भएको छ ।
अस्पताल संग स्रोत साधन भएर पनि सोही अनुसारको सेवा प्रवाह गर्न नसक्दा संचालनमानै कठिनाई हुन थालेको थियो । पछिल्लो समय अस्पतालको दिगो संचालनका लागि र यस क्षेत्रका नागरिकलाई भरपर्दो र गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराृउनका लागि अस्पतालको समित तथा प्रशासनले निकै मेहनत गर्दै आईरहेको छ ।
अव अस्पतालमा जनरल तथा ल्याप्रोस्कोपी सर्जरी सम्बन्धी सेवारु लिन सकिनेछ । स्तनमा गाँठा भएको, शरिरमा आउने बोसोको डल्ला(लाईपोमा), अचनाक पेट दुख्ने, अल्सर, पेट फुल्ने, पायल्स, फिस्टुला, पित्तथैली र पित्त नलिमा भएको पत्थरीको पनि सर्जरी हुनेछ ।
अस्पतालमा एपेन्डिक्स, शरिरमा भएको गाँठागुँठी, हर्निया, हाईड्रोसिल, भेरिकोज, कब्जीयत जस्ता जटिल समस्याको पनि उपचार हुनेछ । चिरेर वा नचिरी दुरविनको प्रयोग गरी सामान्य तथा जटिल शल्यक्रिया पनि गरिने अस्पतालका ब्यबस्थापक घनश्याम पौडेलले न्यूज कुरालाई बताए ।
उनले पिसाब सम्बन्धी समस्या, पिसाब छिटो छिटो लाग्ने, पिसाव खराबी र प्रोस्टेटमा खराबीको पनि उपचार हुने बताए ।
अस्पतालले सेवाको गुणस्त बृद्धि संगै सर्जरी सेवा सुरु गरे संगै अस्पताल प्रति विरामीको भरोसा पनि बढ्दै गएको छ ।
https://youtube.com/watch?v=kGw985X-rzk%3Fsi%3DqDYeOmgKnBU6mNLU
प्रतिक्रिया