+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रेसुङ्गामा मोटरसाइकल दुर्घटना, सब–इन्जिनियरको घटनास्थलमै मृत्यु

वासुदेव पोखरेल
२०८२ जेष्ठ ६, सोमबार

 गुल्मी: रेसुङ्गा नगरपालिका–६ सिमाघाट लप्सीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ। मृत्यु हुनेमा दाङ, गढवा गाउँपालिका–३ गोबडिया घर भई हाल गुल्मीमा इन्द्र एम.के. जे.बी. निर्माण सेवामा सब–इन्जिनियरको रूपमा कार्यरत २७ वर्षीय निशान चौधरी रहेका छन्।

चौधरीले चलाएको लु ९७ प ७४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई  बाटो छेउको नालिमा खस्दा चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

दुर्घटना गएराति १०:३० बजे तिर भएको र जानकारी प्राप्त भएपछि बिहान ७:२० बजे प्रहरी निरीक्षक भुपेन्द्र थापाको कमाण्डमा ९ जनाको टोली घटनास्थलमा खटिएको थियो।

दुर्घटनास्थल गुल्मी सदरमुकाम तम्घासदेखि पश्चिमतर्फ करिब १० किलोमिटरको दूरीमा पर्छ। चौधरीको परिवारलाई घटना बारे जानकारी दिइएको प्रहरीले जनाएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

वासुदेव पोखरेल

ट्रेन्डिङ