+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शिर्ष नेताको बैठक: माओवादीको गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडान कायमै

न्यूज कुरा
२०८२ जेष्ठ २०, सोमबार

काठमाडौं: नेकपा माओवादी केन्द्र गृहमन्त्री रमेश लेखकको राजीनामाको मागमा कायम रहेको छ ।सोमबार अपराहन्न भएको शिर्ष नेताहरुको छलफलमा  माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्नेमा आफुहरु अडिक रहेको बताएको हो ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार प्रधानमन्त्री केपी शर्माले राजीनामाको कुरा छोडेर संसदको कारवाही अगाडी बढाउनुपर्ने प्रस्ताव गरेका थिए ।

जवाफमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरु राजीनामाको अडानमै रहेको स्पष्ट गरेका थिए । यद्यपि प्रधानमन्त्री ओलीको आग्रहलाई मंगलबार विहान बस्ने विपक्षी दलहरुको बैठकमा राख्ने प्रचण्डले जवाफ दिएका थिए ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रमेश लेखक, माओवादीका प्रमुख सचेतक पाण्डे सहभागी रहेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ