+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

संचारकर्मी महिलाहरुकालागि समाचार लेखन कार्यशाला

न्यूज कुरा
२०८२ असार १३, शुक्रबार

नवलपरासी: सुस्ता गाउँपालिकामा बिहिवारदेखि स्थानीय तहको विकास निर्माणमाथि संचारकर्मी महिलाहरुकालागि समाचार लेखन कार्यशाला सुरु भएको छ। कार्यशाला संचारिका समूह पश्चिम नवलपरासीको आयोजनामा तथा सुस्ता गाउँपालिकाको आर्थिक सहयोगमा भएको हो।

सञ्चारिका समूह पश्चिम नवलपरासीको अध्यक्ष विष्णु खनालको अध्यक्षतामा तथा सुस्ता गाउँपालिकाको उपाध्यक्ष गीता चौधरीको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन भएको हो। समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख चौधरीले स्थानीय तहमा पारदर्शिता कायम गर्न पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

विकास निर्माणका क्रममा भएका कमीकमजोरी तथा गल्तीहरूलाई समेत उजागर गरिदिन पत्रकारहरूलाई अनुरोध गर्नुभयो। उहाँले आर्थिक विकासमा महिला सशक्तीकरणसहित काम गर्दा पालिका, प्रदेश र समग्र देशकै विकास हुने धारणा व्यक्त गर्नुभयो।चौधरीले एकल महिला, दलित र सीमान्तकृत महिलाका लागि प्रविधि हस्तान्तरणसहितको तालिम सञ्चालन गर्ने र बजारीकरणका लागि महिला कोशेली घरको योजना ल्याइएको जानकारी पनि गराउनुभयो।


तालिम सहजीकरण सञ्चारिका समूह लुम्बिनी प्रदेशकी अध्यक्ष अमृता अनमोलले गर्नुभएको थियो । तालिमको उद्देश्यमाथि आयोजक संस्थाकी अध्यक्ष खनालले प्रकाश पार्नुभएको थियो। उहाँले स्रोत पहिचान, तथ्य जाँच, रिपोर्टिङ प्रविधि र निष्पक्ष समाचार लेखनका विषयमा कार्यशाला भएको बताउनुभयो।

असारको १६ गते सम्म सन्चालन हुने तालिममा जिल्लाका १० जना महिला पत्रकारहरुको सहभगिता रहेको संस्थाकी सचिव डोल्मा चौधरीले जानकारी दिनुभएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ