+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडन प्रधानमन्त्री ओलीको आग्रह

न्यूज कुरा
२०८२ जेष्ठ १९, सोमबार

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडन आग्रह गरेका छन् ।सामाजिक सञ्जालमा ‘म झोले हो’ लेखेको आफ्नो तस्बीर सार्बजनिक गर्दै प्रधानमन्त्री ओलीले भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्ने उल्लेख गरेका छन् ।

उनले भनेका छन्- हिजोआज एउटालाई भगवान बनाउनु पर्‍यो भने सामूहिकतामा विश्वास राख्नेहरुलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ । भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ। सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ