+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एमालेको संसदीय दलको बैठक शुरु

न्यूज कुरा
२०८२ जेष्ठ २०, सोमबार

काठमाडौँ : नेकपा एमालेको संसदीय दलको बैठक शुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनको ल्होत्से हलमा  बैठक शुरु भएको हो । बैठकमा अर्थमन्त्री विष्णु पौडेलले संसदमा पेश गरेको बजेटमाथि हुने छलफलका विषयमा रणनीति बनाउने बताइएको छ ।

माओवादी केन्द्रसहितका प्रतिपक्षी दलहरुले सरकारलाई बजेट प्रस्तुत गर्न दिए पनि भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म अबको संसद् बैठक चल्न नदिने बताउँदै आएका छन् । विपक्षी दलहरुको अडान कायमै रहेका बेला प्रतिनिधि सभाको अर्को बैठक जेठ २० गते मंगलबार बस्दैछ ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ