काठमाण्डौ : मतदाता नामावली संकलनका लागि कानुन संसोधनको प्रस्ताव गरिएको छ । यस अघिको कानुनमा चुनावको मिति घोषणा भएपश्चात मतदाता नामावजली दर्ता गर्न नपाईने ब्यबस्था रहेकोमा कानुन संसोधन गरेर नामावली संकलनका लागि बाटो खुलाउन लागिएको हो ।
निर्वाचन आयोगले कानुन संसोधन गरेर नामावली संकलन गर्नका लागि गृहमन्त्रालयमा प्रस्तताव गरेको छ । १८ बर्ष उमेर पुगेका धेरै युवाहरुको नामावलीमा नाम नरहेकोले सरकारले अध्यायदेश जारी गरेर कानुन संसोधन गरी नामावली दर्ता सुरु गर्ने सम्भावना रहेको छ ।
मतदाता नामावली ऐनको दफा ४ को संसोधन गर्न लागिएको निर्वाचन आयोगका सुचना अधिकारी सुमन घिमिरेले बताउनुभयो । आयोगले चाहेको अवस्थामा मतदाता नामावली खुलान सक्नेछ भन्ने प्रावधान राखिने बताईएको छ । हालको ऐनमा चुनावको मिति घोषणा भइसकेपछि मतदाता नामावली संकलन गर्न नमिल्ने व्यवस्था छ ।
प्रतिक्रिया