+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मओबादी केन्द्रका सबै तहमा जेनजीलाई समेट्न प्रचण्डको प्रस्ताव

न्यूज कुरा
२०८२ आश्विन ५, आईतवार

कठमाण्डौ: नेकपा माओबादी केन्द्रका हरेक तहमा जेन जी पुस्तालाई समेट्ने प्रस्ताव गरिएको छ । माओबादी केन्द्रको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै तहमा जेनजीलाई समेट्न प्रस्ताव गर्नुभएको हो ।

जेनजी आन्दोलन पछिको विकसित घटनाक्रमले अव जेनजी पुस्तालाई समेट्नै पर्ने अवस्था सिर्जना भएको उहाँले बताउनुभयो । पार्टीको केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको विशेष बैठकमा बोल्दै प्रचण्डले पार्टीलाई जरै देखी पुनरगठन गर्ने बताउनुभयो ।

वडा, पालिका, जिल्ला र प्रदेश कमिटीमा यूवा र जेनजीहरुका लागि कोटाको ब्यबस्था गर्नुको बिकल्प नरहेको भन्दै त्यसका लागि एकसाता भित्र केन्द्रिय कमिटीको आकस्मीक बैठक बोलाइने प्रचण्डको प्रस्ताव रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ