गुल्मी: नेकपा माओबादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालमा भ्रष्टाचार विरुद्धको ठुलो अभियान नचलाई सामाजीक र आर्थिक रुपान्तरणले फड्को मार्न सम्भव नभएको बताउनुभएको छ ।
प्रेस सेन्टर नेपाल गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राज्य कुशासन र भ्रष्टाचारले गाँजेको बताउँदै त्यसलाई सफा नगरिकन सामाजीक र आर्थिक रुपान्तरणलाई केन्द्रमा नराखी सुशासनको अभियान नचलाईकन जनताको अपेक्षा अनुसारको रुपान्तरण सम्भव नभएको बताउनुभएको हो
माओादी केन्द्र सरकारमा गएका बखत शुसासन समृद्धि र सामाजीक न्याय मुल नारा बनाएर काम गरेको बताउँदै श्रेष्ठले भ्रष्टाचार, अनियमितता, भुटानी शरणार्थी, सरकारी जग्गा अपचलन लगायतका ठुला ठुला काण्डमा जोडिएकालाई कारबाहीको दायरामा ल्याएको स्मरण गराउनुभयो ।
नेतृत्वले स्वच्छताको प्रत्याभुती दिलाउँदै ब्यबहारमै स्वच्छता झल्काउनु पर्दछ भनेर आफु गृहमन्त्रालयको नेतृत्व समालेकै दिन सुराकी खर्चको रुपमा हुँदै आएको अनियमित खर्च खारेज गरेर शुसासनको अभियानको सुरुवात गरेको श्रेष्ठले बताउनुभयो । सरकार शुसासनको अभियान अगाडि बढिरहेकै वेला सरकार ढालेर अहिलेको सरकार बनेको उहाँको भनाई रहेको छ ।
प्रतिक्रिया