+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

 नेकपा एस को नवलपरासी जिल्ला अधिवेशनः अध्यक्षमा आले निर्वाचित

न्यूज कुरा
२०८१ चैत्र २८, बिहीबार

 नवलपरासी: नेपाल कम्युनिष्ट पार्टी समाजवादी नवलपरासीको जिल्ला अधिवेशन बर्दघाटमा सम्पन्न भएको छ । अधिवेशनबाट नेकपा समाजवादी नवलपरासी ( ब. सु. प ) को अध्यक्षमा कुमार आले निर्वाचित हुनुभएको छ । बर्दघाट बौद्ध गुम्बामा भएको आठौँ अधिवेशनबाट आले सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

अधिवेशनले ५१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । पार्टीको उपाध्यक्षमा धनन्जय पौडेल र सचिवमा विष्णु बराल निर्वाचित हुनुभएको हो ।

अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्नका लागि बर्दघाट आउनुभएका पार्टीका नेता एवं पूर्व मन्त्री मेटमणि चौधरीले संविधानको अक्षरसः पालना नगर्दा सम्म नागरिकहरूको अवस्था नफेरिने बताउनुभयो । उहाँले देशमा ब्यवस्था फेरिए पनि नागरिकहरूको अवस्था उस्तै भएको बताउँदै यस प्रति सबै गम्भिर हुन आवश्यक रहेको भनाई राख्नुभएको थियो ।

पार्टीकी नेतृ रामकुमारी झाँक्रीले राजनीतिलाई अव नयाँ पुस्तालाई हस्तान्तरण गर्न आवश्यक रहेको औँल्याउनुभएको थियो । मुलुकमा भ्रष्टाचार व्याप्त रहेको बताउँदै भ्रष्टाचारको छानविन उपल्लो तहका नेतृत्वबाटै हुनुपर्ने भनाई व्यक्त गर्नुभएको थियो । अधिवेशनमा पार्टीको विभिन्न जिम्मेवारीमा रहेका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ