+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

क्रान्तिकारी कम्युनिस्ट पार्टी र ट्रेड युनियनद्वारा अन्तर्राष्ट्रिय मजदुर दिवसमा कार्यक्रम सम्पन्न

न्यूज कुरा
२०८२ बैशाख १८, बिहीबार

नवलपरासी: क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासी र क्रान्तिकारी ट्रेड युनियन महासंघ नवलपरासीले १३६ औं अन्तर्राष्ट्रिय मजदुर दिवस मनाएको छ । दिवसको अवसरमा बिहीवार बर्दघाटमा आयोजित कार्यक्रममा जनसम्बन्ध विस्तार अभियानको समापन समेत गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय एवं युवा नेता रवि पाण्डेयले मजदुरहरु क्रान्तिको मुख्य शक्ति रहेको उल्लेख गर्दै बर्गसमन्वयवादी मजदुर संगठनले छरेको भ्रमबाट मजदुरहरु मुक्त हुनुपर्ने बताउनुभयो ।

क्रान्तिकारी संयुक्त मोर्चा नेपाल नवलपरासीको संयोजक चुडामणी भण्डारी क्रान्तिकारी कम्युनिस्ट पार्टीको नीति कार्यक्रममा जनसमर्थन वृद्धि हुदै गएको चर्चा गर्दै बर्तमान सत्ता र ब्यवस्थाले हालको राजनैतिक संकटको समाधान गर्न नसक्ने बताउनुभयो ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका जिल्ला कार्यालय सदस्य गणेश बहादुर ढकाल र क्रान्तिकारी किसान महासंघ नेपालका जिल्ला संयोजक रामचन्द्र पोख्रेलले जनसम्बन्ध विस्तार अभियानले जनतामा जानका लागि खेलेको भुमिकाको चर्चा गर्दै थप संघर्ष उठाउनु पर्ने बताउनुभयो ।

ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक ज्ञान बहादुर केसीको अध्यक्षता, पार्टी जिल्ला कार्यालय सदस्य एवं आदिवासी जनजाति महासंघका जिल्ला संयोजक दुर्गा नारायण चौधरीको संचालनमा भएको कार्यक्रममा शहिद परिवार समाजको संयोजक उर्मिला थापा ,खुसी थापा , पार्टीका जिल्ला सल्लाहकार तथा लेखक बाबुराम मुसाफिर लगायत बिभिन्न जन वर्गीय संगठन एवं मोर्चाका जिल्ला संयोजकहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रम अघि निकालिएको जुलुस सत्ता र ब्यवस्थाको बिरुद्व नाराबाजी गर्दै बसपार्क, हरियाली नगर , नगरपालिका टोल, देविनगर, आनन्द नगर, ग्रीन पार्क टोल हुदै पुरानो चौकीमा पुगेर सभामा परिणत भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ