+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

महालक्ष्मी सामुदायिक सिकाइ केन्द्रको आयोजनामा उद्‍घोषण तालिम सुरु 

न्यूज कुरा
२०८२ बैशाख २१, आईतवार

गुल्मी : सत्यवती गाउँपालिका वडा नम्बर १ अस्लेवामा ५ दिने उद्‍घोषण तथा सीप विकास तालिम सुरु भएको छ । महालक्ष्मी सामुदायिक सिकाइ केन्द्रको आयोजनामा तालिम सञ्चालन भएको हो ।

तालिमको समुद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथिको रुपमा रहनुभएका वडा अध्यक्ष अर्जुन कनौजेले वडा भित्रका महिला दिदीबहिनीहरूलाई सामाजिक रुपमा सक्रिय गराउँदै वडा भित्रका कार्यक्रमहरू सञ्चालन गर्न सक्ने र नेतृत्वको रुपमा स्थापित गर्नका लागि तालिम महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभएको थियो । कनौजेले तालिमको पूर्ण सदुपयोग गर्दै व्यवहारमा उतार्नु अनिवार्य रहेको बताउनुभयो । 

महालक्ष्मी सामुदायिक सिकाइ केन्द्रकी अध्यक्ष माया थापाले सिकाइ केन्द्रले सीप विकास र क्षमता विकासका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएकोमा महिला दिदीबहिनीहरूलाई सक्षम बनाई अगाडि बढाउनका लागि उद्‍घोषण तथा सीप विकास तालिमको आयोजना गरिएको बताउनुभयो । उहाँले वडा भित्रका सबै टोलबाट प्रतिनिधिमूलक रुपमा ३० जना सक्रिय महिलाहरूलाई सहभागि गराइएको बताउनुभयो । उहाँले अहिलेको समयमा आवाज बुलन्द गर्नेहरुनै अगाडि बढ्दै विशिष्ट पहिचान राख्न सफल भएको उहाँको भनाई रहेको थियो ।

तालिममा न्यूज कुरा डट कम का प्रबन्ध निर्देशक नारायण भण्डारीले सहजीकरण गरिरहनुभएको छ । उद्‌घाटन कार्यक्रमको सञ्चालन सिकाइ केन्द्रकी सदस्य सचिव गोमा थापाले गर्नुभएको थियो । सिकाई केन्द्रले आइतबार देखिनै हारमुनियम तथा मादल वादन तालिम समेत सुरु गरेको छ तालिममा सङ्गीतकार जङ्गबहादुर कुमालले सहजीकरण गरिरहनुभएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ