+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गण्डकी कोटीहोम महायज्ञमा परमानन्द गुरुकुलका विशाल भण्डारी प्रथम

न्यूज कुरा
२०८२ जेष्ठ १४, बुधबार

पोखरा:  पोखरामा जारी श्री गण्डकी सतकुण्डीय कोटीहोम महायज्ञ अन्तर्गत आयोजित वक्तृत्वकला प्रतियोगितामा परमानन्द संस्कृत गुरुकुल, देवघाटका विद्यार्थी विशाल भण्डारी प्रथम भएका छन्।

‘सनातन संस्कृति गण्डकी कोटीहोम र हामी विद्यार्थी’ शीर्षकमा भएको उक्त प्रतियोगितामा कक्षा ११ मा अध्ययनरत भण्डारीले ९२ जना सहभागीलाई पछि पार्दै प्रथम स्थान हासिल गरेका हुन्।

गुरुकुलका विद्यार्थीहरू विगतदेखि नै विभिन्न क्षेत्रमा आयोजना हुने प्रतियोगितामा सहभागी हुँदै उत्कृष्ट नतिजा हासिल गर्दै आइरहेका छन्। सनातन धर्म र संस्कृतिसँगै आधुनिक शिक्षामा समेत ध्यान दिइरहेको गुरुकुलले निरन्तर रूपमा दक्ष र बहुपक्षीय विद्यार्थी उत्पादन गर्दै आएको छ।

विशालको सफलताले गुरुकुल शिक्षा प्रणालीको प्रभावकारिता र संस्कृत शिक्षाको प्रासङ्गिकता पुनः एक पटक पुष्टि गरेको परमानन्द संस्कृत गुरुकुल, देवघाटका प्रधानाध्यापक डाक्टर स्वामी विमलानन्द सरस्वती ले बताउनु भयो ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ