+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

को को छन् आइपिएलका अहिलेसम्मका विजेता ?

न्यूज कुरा
२०८२ जेष्ठ १९, सोमबार

काठमाडौँ:  यस सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनल खेल भोली हुदैछ । फाइनलमा अहिलेसम्म उपाधि नजितेका रोयल च्यालेन्जर्स बैंगलुरु र पञ्जाव किंग्स पुगेका छन् । अहमदावादमा हुने यो फाइनल मंगलबार राति नेपाली समय अनुसार ७: ४५ बजेदेखि शुरु हुदैछ ।

रोयल च्यालेन्जर्स बैंगलुरु योसहित चौथो पटक आइपिएलको फाइनल खेल्दैछ । यस अघि २००९, २०११ र २०१६ मा उपविजेता बनेको बैंगलुरुलाई यस पटक पहिलो उपाधि जित्ने अवसर रहेको छ । त्यस्तै पञ्जाव भने दोस्रो पटक आइपिएलको फाइनल खेल्दैछ । यस अघि पञ्जाव २०१४ बमा उपविजेता बनेको थियो ।

२००८ मा सुरु भएको आइपिएल विश्वकै ठुलो टी-२० क्रिकेट प्रतियोगिताको रुपमा स्थापित भएको छ । आइपिएलको उपाधि अहिलेसम्म चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्सले सबैभन्दा बढी ५-५ पटक जितेका छन् । चेन्नईले २०१०, २०११, २०१८, २०२१ र २०२३ मा उपाधि जितेको थियो भने मुम्बईले २०१३, २०१५, २०१७, २०१९ र २०२० मा आइपिएलको उपाधि जितेको थियो ।

त्यस्तै कोलकता नाइट राइडर्सले ३ पटक आइपिएल जितेको छ । कोलकोताले २०१२, २०१४ र २०२४ मा उपाधि जितेको थियो ।त्यस्तै गुजरात टाइटन्सले २०२२ मा, राजस्थान रोयल्सले २००८ मा, सनराईजर्स हैदरावादले २०१६ मा र डेकन चार्जरले २००९ मा गरी एक एक पटक आइपिएलको उपाधि जितेका छन् ।

त्यस्तै नियमित आइपिएल खेलिरहेका दिल्ली क्यापिटल्स, पञ्जाव किंग्स र रोयल च्यालेन्जर्स बैन्ग्लुरु (आरसीबी) ले अहिलेसम्म आइपिएल जित्न सकेका छैनन् । त्यस्तै २ सिजन खेलेको लखनउ सुपर जाइन्ट, एक सिजन खेलको राइजिंग पुने सुपर जाइन्ट, गुजरात जाइन्टले पनि आइपिएल उपाधि जित्न असफल भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ