+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अष्ट्रेलियाली क्रिकेटर म्याक्सवेलको एकदिवसीय क्रिकेटबाट सन्यास

न्यूज कुरा
२०८२ जेष्ठ १९, सोमबार

काठमाडौँ: अष्ट्रेलियन क्रिकेटर ग्लेन म्याक्सवेलले एकदिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।म्याक्सवेलले आफ्नो ठाउमा अन्य खेलाडीले २०२७ को विश्वकपको तयारी गर्न सकोस भन्दै एकदिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेको बताएका छन् ।

विस्फोटक ब्याट्सम्यानको परिचय बनाएका ३६ बर्षिय म्याक्सवेलले अस्ट्रेलियाका लागि १४९ एकदिवसीय खेल खेल्दै ३९९० रन बनाएका छन् । उनको उच्चतम स्कोर २०१ रन (नटआउट) थियो । म्याक्सवेलले २०१२ मा अफगानिस्तान विरुद्ध खेलेको खेलबाट आफ्नो एकदिवसीय क्रिकेट करियर सुरु गरेका थिए । म्याक्सवेलले आफ्नो एकदिवसीय करियरमा ७७ विकेट पनि लिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ