काठमाडौँ: नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा सुरू भएको छ । बैठकमा संसदमा प्रस्तुत आव २०८२/०८३ को बजेट तथा सासामयिक विषयमा छलफल गरिने छ ।
माओवादी केन्द्रसहितका विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद चल्न नदिने अडान लिएका छन् । बैठकमा आगामी संसद बैठकमा गृहमन्त्रीको राजीनामा बारे कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।
प्रतिक्रिया