नवलपरासी: परिजात सामुदायिक वनले महिला नेतृत्व तथा सीप विकास तालिम सम्पन्न गरेको छ । तालिमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि बर्दघाट नगरपालिका ४ का बडा अध्यक्ष वेदबिना तिवारी ले महिलाहरूलाई समान दायित्व र अधिकार दिएको क्षेत्र सामुदायिक वन भएको बताउनुभयो ।
५० प्रतिशत सदस्यता सुनिश्चितता गरेको सामुदायिक वनमा नेतृत्व गरिरहेका महिलाहरू अन्य ठाउँको नेतृत्व गर्ने हुनुपर्ने मा जोड दिनुभयो । वनका अध्यक्ष कमान सिंह थापाको अध्यक्षतामा भएको कार्यक्रममा परिषद सदस्य ४५ जना महिलाहरूको सहभागिता रहेको थियो ।
पहिलो दिनको कार्यक्रममा सञ्चारिका समुह नवलपरासीकी अध्यक्ष विष्णु खनालले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । सामुदायिक वनमा महिला सहभागिताको अवस्था संविधान २०७२ र वन ऐनले दिएको महिला अधिकार र दायित्वका बारेमा जानकारी गराइएको थियो ।
दोस्रो दिनको कार्यक्रममा वनका पूर्व अध्यक्ष चुडामणि भण्डारीले सहजिकरण गर्नुभएको थियो । समापन समारोहको प्रमुख अतिथि बर्दघाट सरावल सव डिभिजन वन कार्यालयका बरिष्ठ वन अधिकृत बलराम पोखरेल रहनुभएको थियो ।
वन ऐनमा महिलाहरूका लागि आवश्यक नीति निमार्ण पूर्ण रहेको मा अबको लडाइ निर्माण भएको नीतिनियम कार्यान्वयनको पाटो रहेको बताउनुभएको थियो ।
दोस्रो दिनको कार्यक्रम वनका उपाध्यक्ष राजबहादुर पाण्डेको अध्यक्षतामा भएको थियो । सहभागीको तर्फबाट धारणा राख्दै कृती देवि चौधरी र बसन्ती थापाले सामुदायिक वनको कार्यसमितिमा वन ऐन अनुसार अहिले पनि महिलाहरूलाई नेतृत्व स्वीकार गर्ने कुरा चुनौती रहेको बताउनु भएको थियो ।
सामुदायिक वनमा रहेका महिलाहरूको नेतृत्व र क्षमता विकासका लागि तालिमलाई निरन्तरता दिनुपर्ने माग गर्नुभयो । आफ्नो हक र अधिकारको बारेका स्पष्ट नहुँदा अन्योलमा रहेको बताएका थिए । जेष्ठ २१ र २२ गते भएको सो कार्यक्रमको सञ्चालन सचिव दिलकुमारी कुँवरले गर्नु भएको थियो ।
प्रतिक्रिया