नवलपरासी: सुस्ता गाउपालिका बडा नं. २ मा बैजनाथ हरिजनको अध्यक्षतामा बडा स्तरिय बालसंञ्जाल गठन भएको छ ।
आर्थिक बर्ष २०८२।८३ को लागि गठन भएको १५ सदस्य रहेको वाल संजालमा उपाध्यक्ष पदमा नन्दनी कुमारी गुप्ता , सचिव कुशल ढकाल, सह सचिव सुमन महतो, कोषाध्यक्ष चन्द्रकुमारी हरिजन र सदस्यहरुमा एडिसन काफले, गेमलाल हरिजन, ईश्वर बढाई, सिर्जना कुमारी गुप्ता, अर्जून मुसहर, समिक्षा चौधरी, शेष इमरान हुसेन रहनुभएको छ ।
सुस्ता गाउपालिका बडा नं. २ का बडा अध्यक्ष कृष्ण मुखियाको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्दै बडा अध्यक्ष मुखियाले बालबालिका लाई कितावी ज्ञानमा मात्रै नभएर सामाजिक र ब्यबहारिक बनाउनका लागि वाल संञ्जालले महत्वपूर्ण भुमिका निर्वाह गर्नैमा विश्वस्त रहेको बताउनुभएको थियो ।
भेलामा महिला तथा बालबालिका शाखा प्रमुख सावित्रि आले, ममता भट्टराई, कमला शर्मा, लाएतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया