नवलपरासी – बर्दघाट नगरपालिकामा पहिलो पटक समावेशी शिक्षाको औपचारिक शुभारम्भ भएको छ । शिक्षा क्षेत्रमा नयाँ अध्याय सुरु भएको छ। शिक्षालाई सबैका लागि समान, न्यायपूर्ण र पहुँच योग्य बनाउने उद्देश्यले समावेशी शिक्षाको थालनी गरेको हो । बर्दघाट नगरपालिका बडा नं. १ मा रहेको बाल्मीकी माविमा समावेशी शिक्षा सञ्चालनमा आएको हो ।
समावेशी शिक्षा भन्नाले सबै वर्ग, समुदाय, क्षमता र पृष्ठभूमिका विद्यार्थीहरूलाई एउटै शिक्षालय भित्र समावेश गरी समान अवसरका साथ शिक्षा प्रदान गर्ने प्रणाली हो। बाल्मीकी माध्यमिक बिधालयको आयोजना, सहयात्री नेपाल बर्दघाट १४ को सह आयोजना फाउण्डेसन अड्रे ज्याकब स्वीजरल्याण्डको विशेष सहयोग र सामा को सहयोगमा शिक्षामा नविनतम् आयाम थपिएको हो ।
शारीरिक, मानसिक वा बौद्धिक अपाङ्गता भएका बालबालिकाहरू जो आर्थिक, जातीय, भाषिक, लैङ्गिक वा भौगोलिक विभेद भोगिरहेका छन् उनीहरूलाई समान माया, संरक्षण र शैक्षिक अवसर दिनका लागि समावेशी शिक्षा सुचारु गरिएको सहयात्री नेपालकी निर्देशक तिलु श्रेष्ठले बताउनुभयो । समावेशी शिक्षाको अवधारणा कार्यान्वयन नगरका हरेक बिधालयमा गर्नुपर्ने नगरको दायित्व भएपनि सहयात्रीले गरेको यो काम प्रशंसनीय रहेको बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताउनुभयो ।
भौतिक पूर्वाधार विकास मात्रै विकास नभएर मानव संसाधनको विकासको निम्ति गरिने कामलाई विशेष जोड दिनुपर्ने बर्दघाट नगरपालिकाका उप प्रमुख रुद्र प्रकाश उपाध्यायले बताउनुभयो । अहिलेपनि हाम्रो मानसिकताको अवस्था सङ्कुचित रहेको कारण फरक क्षमता भएका बच्चाहरूका अभिभावक खुलेर बाहिर आउन नसकेको अवस्था रहेको बडा नं. १ का बडा अध्यक्ष सन्दिप सापकोटाले बताउनुभयो ।
समावेशी शिक्षाको अवधारणा आइरहेको अवस्थामा घरभित्रै खुम्चिएर बस्नुपर्ने बाध्यतामा रहेका बच्चाहरू विधालयसम्म आईपुग्नु खुशिको कुरा भएको नगरपालिकाका शिक्षा तथा समाजिक विकास शाखाका धनपति पौड्यालले बताउनुभयो । काम गर्नै भनेर अगाडि बढ्दा कठिनाई धेरै आउने तर ति समस्याहरू सँग जुध्दै र सिक्दै आगाडि बढ्ने बाल्मिकी माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाश रायमाझीले बताउनुभयो ।
अहिले समावेश शिक्षा मा २५ जना बच्चाहरू रहेका छन् जसमा १० जना सहयात्री नेपालको आश्रममा बस्छन् भने अन्य १५ जना घर बाटै आउने गरेका छन् । भर्ना सुचारू गरिएको छ बच्चाहरूको सङ्ख्या अझ बृद्धि हुने बिधालयकी प्रध्यानाध्यपक रामकुमारी पाध्यले बताउनस भयो । समावेशी शिक्षामा लागू गरेर बर्दघाट नगरपालिकामा स्थानीय स्तरमै ‘शिक्षामा सामाजिक न्याय’ को जग बसेको छ। यो प्रयासले न केवल नगरभित्रका विद्यालयहरूलाई सुधार गर्नेछ, अन्य नगरपालिकाहरूका लागि पनि अनुकरणीय नमुना बन्ने सम्भावना बलियो छ।
प्रतिक्रिया