+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मनकारी राजाराम जन्मोत्सवमा गरे विरामीको उपचारका लागि सहयोग

न्यूज कुरा
२०८२ भाद्र १३, शुक्रबार

नवलपरासी: आफ्नो जन्मत्सवको अवसर पारेर सुस्ताका राजाराम मल्लले विरामी बालकको उपचारका लागि सहयोग गरेका छन् ।
मल्लले पेटको जटिल रोगका कारण आर्थिक अभावले उपचार गराउन नसकेका सुस्ता १ का लिखराम थारुलाई जन्मोत्सवको अवसर पारेर ३० हजार रुपैयाँ सहयोग गरेका हुन् ।
उनले ह्वाट्स एप मार्फत ग्रुप बनाएर लिखरामका लागि उपचार गर्न सहयोग जुटाईरहेका छन् । ग्रुप मार्फत संकलन भएको २१ हजार रुपैयाँ पनि विहिबार परिवारलाई हस्तान्तरण गरेका हुन् ।
उपचार अभावमा बालकले ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले मानवियताका हिसावले आफुले अभियान सुरु गरेको मल्लको भनाई छ ।
सुस्ता १ कर्महाना निवासी १४ बर्षिया लिखरामका बुवा सिताराम थारुको मृत्यु भैसकेको छ भने आमा सावित्रीलाई अहिले छोरालाई कसरी उपचार गर्ने भन्ने चिन्ताले सताएको छ ।
बलकको पेटमा समस्या देखिए पनि अस्पताल लैजानका लागि पैसा नभएपछि स्थानिय स्तरमा सामाजिक संजाल मार्फत आर्थिक सहयोगका लागि अपिल गरिएको थियो । जेन तेन संकलन भएको रकमले लुम्विनी प्रादेशिक अस्पतालमा लगिएकोमा रिफर गरी आम्दा अस्पताल पठाईएको थियो ।
करिव ५० दिन सम्म आम्दामा उपचार गरी थप उपचारका टिचिङ अस्पताल काठमाण्डौ रिफर गरिएको थियो । हाल उनको टिचिङमै उपचार भैरहेको छ । चिकित्सकका अनुसार उनको तत्काल शल्यकृया गर्नुपर्ने अवस्था रहेको छ ।
लिखरामको जीवन बचाउनका लागि अहिले अभियान संचालन गरी आर्थिक सहयोग संकलन गर्ने काम भैरहेको छ । उपचारका लागि सहयोग गर्न चाहनेले आमा सावित्री कुुमारी चौधरीको नाममा रहेको कामना सेवा बैंक सुस्ता शाखा मा रहेको ०९९१४१००८५००७६०००००१ मा सहयोग गर्न सकिनेछ । इसेवा मार्फत सहयोग गर्न चाहनेले आमाकै नाममा रहेको इसेवा आईडी ९८२६४९९३४४ मा गर्न सकिनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ