नवलपरासी: उद्योग ब्यापार सङ्घ बर्दघाट र यति एयरलाइन्स बिच दुईपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । सङ्घका कार्यसमिति, साधारण सदस्य तथा कर्मचारीहरूले यती एयरलाइन्स मार्फत यात्रा गर्दा छुट र लगेजमा अतिरिक्त सुविधा पाउनेगरी सोमबार सम्झौता भएको हो ।
यति एयरलाइन्सको तर्फबाट स्टेसन प्रमुख अनुप ढकाल र उद्योग ब्यापार सङ्घको तर्फबाट अध्यक्ष राजु न्यौपानेले सहमति पत्र आदानप्रदान गरे सँगै छुट सुविधा लागुभएको हो । सङ्घका सदस्य, कर्मचारी र कार्यसमितिले हरेक टिकटमा ५ सय रुपैयाँ छुट र ५ केजी अतिरिक्त लगेज सुविधा पाउनेछन् । सङ्घले अन्तर संस्था सहकार्य अभियान सञ्चालन गरी उद्योगी व्यवसायी सदस्यहरूका लागि विभिन्न क्षेत्रमा सुविधा उपलब्ध गराउने गरी अभियान चलाइरहेको छ ।
स्थापना कालको छोटो अवधीमै सङ्घले व्यवसायीमैत्री कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । ठूला कार्यक्रम भन्दा पनि तत्कालका लागि उद्योगी व्यवसायीले भोग्नुपरेका ससाना समस्याहरूको पहिचान गरी समाधान गर्ने गरी काम गरिरहेको अध्यक्ष न्यौपानेले बताउनुभयो ।
प्रतिक्रिया