+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बर्दघाटको पर्यटन विकासका लागि निजी क्षेत्रको सहकार्य आवश्यक 

न्यूज कुरा
२०८१ पुष १३, शनिबार

१३ पुस, नवलपरासी:  बर्दघाट नगरपालिकालाई पर्यटकीय नगरीको रुपमा विकास गर्न निजी क्षेत्रको सहकार्य हुन आवश्यक रहेको सरोकारवालाहरूले औँल्याएका छन् । बर्दघाट उद्योग वाणिज्य सङ्घको आयोजना र बर्दघाट प्रेस क्लवको समन्वयमा बर्दघाटमा पहिलो पटक भएको पर्यटन प्रवर्द्धन विषयक कार्यक्रममा बोल्दै सरोकारवालाहरूले नगरको विकासमा पर्यटन क्षेत्रलाई जोड्न दिनु पर्ने बताएका हुन् ।

स्थानीय भौगोलिक अवस्था अनुसारका पर्यटन विकासको सम्भावनालाई अनुसन्धान गरि निजी क्षेत्रसँग सहकार्य गरि अगाडि बढ्नु पर्ने लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धचरण) ले बताउनु भयो । उहाँले बुद्ध कालिन राज्य संरचनाका अनुसारको नक्साङ्कनको आधारमा लुम्बिनी विकास कोषसँग जोडिएर पर्यटन क्षेत्रको विकासमा जोडिन आग्रह गर्नु भयो ।

नगर प्रमुख शम्भुलाल श्रेष्ठले पर्यटन विकासका लागी नगर निजी क्षेत्रसँग हातेमालो गरि अगाडि बढ्न चाहेको उल्लेख गर्नु भयो । बर्दघाट नगर सङ्घ, प्रदेश, नगर र निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्ने श्रेष्ठले बताउनु भयो । पर्यटन विकासका लागी नगरले पार्क, बुद्ध म‌‌‍गल ताल, सिमसार लगायतका क्षेत्रको विस्तृत परियोजना रिपोर्ट डिपिआर तयार पारिएको श्रेष्ठको भनाइ छ ।

बर्दघाट नगरले पर्यटन विकासमा रहेर काम गरिरहेको उल्लेख गर्दै नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले नगरले नमुना उन्मुख वडा बनाएको बताउनु भयो । “ नमुना उन्मुख वडाका लागी २५ लाख छुट्याइएका छौँ । यसले पर्यटनमा लगानी गर्न सकिन्छ ।“ उपाध्यायले भन्नु भयो । त्यस्तै बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालले जन साझेदारीमा मोडलमा कार्यक्रमहरू तर्जुमा गरि कार्यन्वयन गर्नु पर्ने धारणा राख्नु भयो । उहाँले पर्यटन क्षेत्रमा लगानी ठुलो हुने र नगरसँग स्रोत कम हुने हुँदा नगरको मात्रै बजेटले विकास गर्ने कठिन भएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै बर्दघाट ४ का वडा अध्यक्ष वेदबिना तिवारी, पत्रकार गोपी ज्ञवाली, दिव्यज्योति बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सागरमणि पाण्डेय, बाउन्न घोला सिमसार मञ्चका अध्यक्ष कुलदेव श्रेष्ठ, कन्चन गढी विकास समितिका निबर्तमान अध्यक्ष चन बहादुर गाहा लगायतले बोल्दै नगरमा पर्यटनको विकासका लागी एकीकृत योजना आवश्यक रहेकोमा जोड दिएका थिए । उनीहरूले अभियान कै रुपमा क्षेत्रगत योजना बनाएर होमस्टे, ऐतिहासिक धार्मिक तथा पुरातात्त्विक क्षेत्र, विभिन्न जातजातिका धार्मिक तथा संस्कृत पहिचान झल्किने खाले योजना लाई प्राथमिकताका साथ नगर अगाडि बढ्नु पर्नेमा जोड दीएका थिए । त्यस्तै नवलपरासी होटल व्यवसायी संघका उपाध्यक्ष भरत कंडेल, रोयल कटेज प्रा.ली.का सञ्चालक बलराम भन्डारीले बोल्दै वर्दघाटमा पर्यटकलाई ओन नाइट स्टे गराउदै बर्दघाटका पर्यकीय क्षेत्रको अवलोकन गर्ने वातावरण सृजना गर्न सम्पुर्ण पक्षहरु लाग्नु पर्ने धारणा राख्नु भयो । होटल व्यवसायमा बाह्य पर्यटक आउदा भाषागत समस्या रहेकाले सवारी चालक र होटल व्यवसायीलाई भाषागत तालिमको आवश्यकता रहेको औँल्याएका थिए ।

बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेको अध्यक्षता रहेको कार्यक्रममा स्वागत उद्योग वाणिज्य सङ्गका वरिष्ठ उपाध्यक्ष एब कार्यक्रमका संयोजक तारा प्रसाद गौतम गर्नु भएको थियो । प्रकाश न्यौपाने र प्रमोद अर्याल टिप्पणीकोरुपमा रहनु भएको कार्यक्रमको सञ्चालन बर्दघाट प्रेस कल्वका अध्यक्ष कुस्माकर ढकालले गर्नु भएको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ