+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जन्मदिनको अवसरमा उत्कृष्ट नतिजा दिने शिक्षकलाई सम्मान

न्यूज कुरा
२०८२ भाद्र १४, शनिबार

नवलपरासी: सुस्ता गाउँपालिका वडा नम्बर ४ का रामराजा मल्लले आफ्नो जन्मोत्सवको अवसर पारेर दिपक माविका उत्कृष्ट शिक्षक र कार्यालय सहयोगीलाई सम्मान गरेका छन् ।
पूर्व शसस्त्र प्रहरी रहेका मल्ल अहिले सामाजीक रुपमा सक्रिय भएर काम गर्दै आईरहेका छन् । समाजमा हुने विभिन्न विकृति र विसंगती विरुद्ध निरन्तर आवाज उठाउँदै खबरदारी गर्दै सामाजीक शुसासनको क्षेत्रमा समेत काम गर्ने गरेका छन् ।
मल्लले शुक्रबार आफ्नो जन्मदिन पारेर सुस्ता ५ मा रहेको दिपक मावीमा कक्षा ५, कक्षा ८, कक्षा १० र कक्षा १२ मा सबैभन्दा धेरै विद्यार्थी पास गराउनुहुने शिक्षक हरुलाई सम्मान गरेका हुन् ।
कक्षा ५ मा गणित विषय अध्यापन गराउने शिक्षक राप्रवेश कुर्मी, स्वास्थ्य विषय अध्यापन गराउने शिक्षिका विजया चौधरी, कक्षा ८ मा नेपाली विषय अध्यापन गराउने शिक्षक ईश्रायलअन्सारी, हाम्रो सुस्ता अध्यापन गराउने शिक्षिका अञ्जु कलवार, कक्षा १० मा सामाजिक विषय अध्यापन गराउने शिक्षक दिनेश कुमार उपाध्याय, स्वास्थ्य विषय अध्यापन गराउने शिक्षक अम्ब्रिस कुमार दुवे र कक्षा १२ मा नेपाली विषय अध्यापन गराउने शिक्षक ईश्रायल अंसारी संगै सामाजिक विषय अध्यापन गराउने शिक्षक सन्तोष कुमार उपाध्यायलाई नगद राशी सहित मल्लले सम्मान गरेका हुन् । उनले विद्यालयका कार्यालय सहयोगी भोज बहादुर सिँजाली मगरलाई पनि सम्मान गरेका छन् ।
विद्यालयमा कार्यक्रम आयोजना गरी सम्मान कार्यक्रम गरिरहँदा विद्यालयका सहायक प्रधानाध्यापक अम्ब्रिस कुमार दुवेले आफुले २० बर्ष देखी यसै विद्यालयमा अध्यापन गराए पनि पहिलोपटक सम्मान पाउँदा खुसी लागेको बताए । दुवेले नागरिक स्तरबाट मुल्याङ्कन गरी सूस्ताको इतिहाँसमै पहिलोपटक शिक्षकहरुलाई सम्मान गर्ने रामराजा प्रति आभार प्रकट गर्दै सबै अभिभावक र सामाजीक ब्यक्तित्वहरुको सकारात्मक सहयोग भएमा शिक्षाको गुणस्तर सुधार हुने र शिक्षकहरुमा पनि हौसला प्राप्त हुने बताएका थिए ।
मल्ल शसस्त्र प्रहरीमा कार्यरत रहँदा समेत सामाजीक रुपमा सक्रिय हुँदै आएका थिए । उनले आफ्नो तलबबाट १० प्रतिशत रकम सामाजीक कार्यमा खर्च गर्दै आएको बताउँछन् । उनी भन्छन् “गरिव विपन्न विरामी भएर उपचार गर्न नसक्दा कयौँपटक १ महिनाको बेसिक स्यालरी बराबर रकम सहयोग गर्दै आइरहेको थिएँ । अहिले पनि सामाजीक काम गर्दा र सहयोग गर्न पाउँदा निकै आनन्दित हुन्छु।”

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ