काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।मन्त्रिपरिषद्को बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको थियो ।
बैठकमा विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर संसद अवरुद्ध गरेको विषयमा छलफल भएको थियो । सो छलफलमा माओवादी केन्द्रले आफुहरु गृहमन्त्रीको राजीनामाको मागमा अडिक रहेको स्पष्ट गरेका थिए ।
प्रतिक्रिया