+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिनियर डिभिजन बन अधिकृत राजु क्षेत्रीलाई बैज्ञानीक बन महासंघको स्वागत

न्यूज कुरा
२०८२ भाद्र १८, बुधबार

नवलपरासी: डिभिजन बन कार्यालय परासीमा सरुवा भई आउनुभएका सिनिय डिभिजन बन अधिकृत राजु क्षेत्रीलाई स्वागत गरिएको छ ।
मंगलबार बैज्ञानिक बन ब्यबस्थापन उपभोक्ता महासंघ जिल्ला कार्यसमिति नवलपरासी (बसुप) ले एक कार्यक्रमको आयोजना गरी क्षेत्रीलाई स्वागत गरेको हो ।
कार्यक्रममा बोल्दै डिभिजन बन अधिकृत क्षेत्रीले बन संरक्षण गर्ने मात्र नभई ब्यबस्थापन गर्नु आवश्यक हुने बताउनुभयो । उहाँले सामुदायिक बनहरुले समयमा कार्ययोजना निर्माण गर्ने र समयमै साधारणसभा गरी संस्थागत शुसासन कायम गर्नुपर्ने बताउनुभएको थियो । बनबाट उत्पादन र उत्पादकत्व बढाउनुपर्ने बताउँदै क्षेत्रीले नियम संगत रुपमा आफुले सबै सामुदायिक बनलाई सहयोग गर्ने बताउनुभएको थियो ।
बैज्ञानिक बन ब्यबस्थापन उपभोक्ता लुम्बिनी प्रदेश महासंघका महासचिव चिसापानी सामुदायिक बनका अध्यक्ष होम बहादुर गुरुङले सरकारले कहिलेकाहीँ उपभोक्ताको हित विपरितका निर्णय गर्दा त्यस विरुद्ध बहस र पैरवी गर्ने काम गर्दै आईरहेको बताउनुभएको थियो । सामुदायिक बन महासंघले बैज्ञानिक बन महासंघको विरोध गर्ने र विभिन्न कार्यक्रममा अवरोध गर्ने जस्ता कार्य गर्दा एक अर्काका विरोधी जस्तो देखिएको गुरुङको भनाई थियो ।
पारिजात सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष कमानसिँ थापाले पारिजात सामुदायिक बनले गर्दै आईरहेका कार्यहरुको बारेमा र समस्याको बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा बैज्ञानीक बन उपभोक्ता महासंघ नवलपरासीका सदस्य एवं बडेरा सामुदायिक बनका अध्यक्ष मदन पन्थले स्वागत मन्तब्य राख्नुभएको थियो भने महासंघका जिल्ला अध्यक्ष यज्ञ प्रसाद पाण्डेको अध्यक्षता रहेको थियो ।
कार्यक्रमको संचालन महासचिव चुडामणी भण्डारीले गर्नुभएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ