+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

वेस्ट इन्डिजविरुद्ध इङल्याण्डको लगातार दोस्रो जित

न्यूज कुरा
२०८२ जेष्ठ १९, सोमबार

काठमाडौँ : इङल्याण्डले वेस्ट इन्डिजविरुद्धको एकदिवसीय सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा इङल्याण्डले वेस्ट इण्डिजलाई ३ विकेटले पराजित गरेको हो ।

वेस्ट इण्डिजले दिएको ३०९ रनको लक्ष्य पछाएको इङल्याण्डले ४८.५ ओभरमा ७ विकेट गुमाउदै पुरा गरेको थियो । इङल्याण्डको जितमा जो रुटले अविजित १६६ रनको शानदार इनिंग खेलेका थिए । त्यस्तै विल ज्याकले ४९ र कप्तान ह्यारी ब्रुकले ४७ रन बनाएका थिए । त्यस्तै वेस्ट इण्डिजका बलर अल्जारी जोसेपले ४ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिजले किसी कार्टीको १०३ रनको शतकीय पारी र कप्तान शाइ होपको ७८ रनको मद्धतले ४७.४ ओभरमा अल आउट हुदै ३०८ रन बनाएको थियो । त्यस्तै इङल्याण्डका बलर अदिल राशिदले ४ र सकिब महमूदले ३ विकेट लिएका थिए ।यो जितपछि इङल्याण्डले ३ खेलको सिरिज एक खेल अगाडीनै जितेको छ ।

इङल्याण्डले यसअघि पहिलो खेल २३८ रनको फराकिलो अन्तरले जितेको थियो । अब सिरिजको तेस्रो खेल मंगलबार हुदैछ ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ